प्रधानमन्त्री शाहले इन्जिनियर सांसदलाई भने- आफ्नो विज्ञताअनुसार योगदान दिनुहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
प्रधानमन्त्री शाहले इन्जिनियर सांसदलाई भने- आफ्नो विज्ञताअनुसार योगदान दिनुहोस्

सारांश

  • आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।
  • प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।
  • ’ उनले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए।

प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।

प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’

उनले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। प्रधानमन्त्री शाहले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे।

छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिस भएको उल्लेख गर्दै  ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले कहिल्यै पनि घटना र व्यक्तिप्रधान कुरा नगर्ने बताए। ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले सदैव नयाँ ‘आइडिया’मा कुरा गर्ने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखे।

सो छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा राम लामाको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणेश यादवको अन्त्येष्टि आज गरिँदै
गणेश यादवको अन्त्येष्टि आज गरिँदै
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात