२६ जेष्ठ २०८२, आईतवार

जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

 

मौसम झा पाठक

११ वैशाख, जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरूमा लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंकाको माइत पीपरा हो । उनका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३-४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

‘युवकका आफन्त खोज्दै होटल पुगेका थिए,’ डीएसपी अवाले प्रेस 4kसँग भने, ‘कोठामा भित्रबाट चुकुल लागेको थियो । बच्चा कराउन थालिन् । त्यसपछि युवकका अभिभावकले हामीलाई खबर गरे ।’ प्रहरीले ढोका फुटाएको थियो । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफ्नो अभिभावक खोज्दै त्यहाँ पुगेपछि आत्महत्या गरेको हुनसक्ने डीएसपी अवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

Post Comment