Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
५६ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

सारांश

  •   यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए।
  •   आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
  •   हितेन्द्र देव शाक्य सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो।

 

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।  यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए।  आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।  हितेन्द्र देव शाक्य सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो।

कार्यकारी निर्देशक बनेका श्रेष्ठले भारतको अलिगाड मुस्लिम युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले प्राधिकरणमा विभिन्न पदमा रहेर काम गरेका छन्। उनी कालिगण्डकी हाइड्रोपावर प्लान्ट तथा हेटौंडा ग्रिड डिभिजनका प्रमुख समेत भएका थिए। प्राधिकरणभित्र उनले ग्रिड अपरेसन डिपार्टमेन्ट, काठमाडौं क्षेत्रीय कार्यालय, हेटौंडा क्षेत्रीय कार्यालय, अत्तरिया क्षेत्रीय कार्यालयमा प्रमुख रहेर काम गरेका थिए। ऊर्जा उत्पादन, प्रसारण र वितरण प्रणालीमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य
महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो