Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३०, २०८३
|
|
३०६ पटक हेरिएको
Shares
अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस

सारांश

  •  नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ।
  • नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ मसाल जुलुस निकालेका थिए।
  • तर बालमन्दिर चौक पुगेपछि प्रहरीले जुलुसलाई अघि बढ्न नदिई तितरबितर गरेको थियो।

अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस

३० भदौ, सर्लाही। नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ।

नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ मसाल जुलुस निकालेका थिए। तर बालमन्दिर चौक पुगेपछि प्रहरीले जुलुसलाई अघि बढ्न नदिई तितरबितर गरेको थियो। सो क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए भने पाँच जनालाई नियन्त्रणमा समेत लिइएको छ।

प्रदर्शनकारीहरूले यादवको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘अशोक यादवलाई रिहा गर’, ‘छानबिन समिति गठन गर’ र ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नारा लगाएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई गत मंगलबार ललितपुरको धापाखेलबाट पक्राउ गरी सर्लाही ल्याइएको हो। प्रहरीका अनुसार उनी कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादी हुन्।

सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार जिल्ला अदालत सर्लाहीले उक्त मुद्दामा अनुसन्धानका लागि सुरुमा पाँच दिन र त्यसपछि थप छ दिनको म्याद दिएको छ।

प्रहरीले यादवविरुद्ध राज्यविरुद्धको कसूर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसूर, आपराधिक प्रवेश र आपराधिक उपद्रवलगायत ११ वटा विभिन्न कसूरमा अनुसन्धान भइरहेको जनाएको छ।

गत वर्ष असारमा तत्कालीन सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको विवादपछि यादव चर्चामा आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग
शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी