सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते
सारांश
- सर्लाहीको हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा एउटा स्यालले टोकेर ६ जना मानिस र करिब २५ वटा कुकुरसहित अन्य पशुचौपाया घाइते भएका छन्।
- शुक्रबार रातिदेखि शनिबार बिहानसम्म स्यालले आक्रमण गरेको हो।
- घाइतेहरूको उपचारका लागि स्वास्थ्य चौकी हरिवन र नगर अस्पताल सासापुरबाट स्वास्थ्यकर्मी परिचालन गरिएको नगरप्रमुख रमेश बुढाथोकीले बताए।
२८ भदौ, सर्लाही।
सर्लाहीको हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा एउटा स्यालले टोकेर ६ जना मानिस र करिब २५ वटा कुकुरसहित अन्य पशुचौपाया घाइते भएका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म स्यालले आक्रमण गरेको हो। घाइतेहरूको उपचारका लागि स्वास्थ्य चौकी हरिवन र नगर अस्पताल सासापुरबाट स्वास्थ्यकर्मी परिचालन गरिएको नगरप्रमुख रमेश बुढाथोकीले बताए।

उनका अनुसार तत्कालका लागि छिमेकी पालिकाबाट रेबिजविरुद्धको खोप मगाएर घाइतेहरूको उपचार भइरहेको छ भने पशुचौपायाको उपचारका लागि पनि टोली परिचालन गरिएको छ। आक्रमण गर्ने स्याललाई स्थानीयले नियन्त्रणमा लिएर मारिसकेका छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया