मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
४७७ पटक हेरिएको
Shares
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

सारांश

  • मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो ।
  • मन्त्रालयका अधिकृत सातौं वच्चे लाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ ।

२७ भदौ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो ।

मन्त्रालयका अधिकृत सातौं वच्चे लाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ । मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को २०८३/०४/२८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको उल्लेख छ । सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको छ । पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ। मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयमै हाजिर गराउन भनेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
त्रिविमा एकैपटक ८ डिन नियुक्त
त्रिविमा एकैपटक ८ डिन नियुक्त
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?