नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
१२५ पटक हेरिएको
Shares
नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य

सारांश

  •   एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले युनाइटेडट अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ।
  • मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
  • आशिफले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्।

२७ भदौ, काठमाडौं । 

एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले युनाइटेडट अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।

आशिफले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रन बनाए। अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौका प्रहार गरी ४३ रन बनाए। रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ र बसिर अहमदले १५ रन जोडे। बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए भने खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए। यो खेल जित्ने टोली अर्को वर्ष आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
श्रममन्त्री दिपक साह पदमुक्त
श्रममन्त्री दिपक साह पदमुक्त