भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
४८ पटक हेरिएको
Shares
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य

सारांश

  • उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए ।
  • आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए ।
  • रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए ।

 

२७ भदौ, रामेछाप ।

उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए । आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए । रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए । हाइड्रोको काम उनीहरुको जीवन बनेको थियो ।  तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले परिवारको खुसी एकाएक खोसिदियो । हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहेका ङिमा बाढीमा बेपत्ता भए । त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो ।

बाढीमा परी ङिमा हराएपछि उनकी आमा डोल्मा याङ्जी शेर्पा छोराको खोजीमा काठमाडौँ पुगेकी थिइन् । छोरा भेटिने आशमा काठमाडौँ पुगेकी ५८ वर्षीया डोल्मा याङ्जीलाई कम्पनीले छोरा अब जीवित भेटिने सम्भावन न्युन रहेको खबर सुनाएर घर फर्काइदियो । छोराको मृत्युको खबरले आमाको मन थामिन सकेन । छोरालाई गुमाउँदा डोल्मा याङ्जी गहिरो शोकमा डुबिन् । काठमाडौँबाट घर त फर्किइन् तर घर फर्किएपछि पनि उनले आफूलाई सम्हाल्न सकिनन् । छोराको मृत्यु भएकै निष्कर्षमा परिवार पुग्यो । छोराको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा उनले अर्का छोरा दोर्जे र आफन्तसँग छलफल गरिन् । भदौ १६ गते रातिसम्म सोही विषयमा छलफल भयो । राती अबेरसम्म परिवारसँगै रहेकी उनी त्यसपछि भने घरबाट निस्किइन् । उनले आफूले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेकी थिइन् । रातको समयमा एउटा टर्च लाइटको सहारामा घरबाट निस्किएकी डोल्मा याङ्जी त्यसपछि परिवारको सम्पर्कमा आइनन् ।

एकातिर बाढीमा बेपत्ता भएका ङिमाको पीडा, अर्कोतिर आमाको अचानक बेपत्ता हुने घटनाले परिवारमाथि अर्को बज्रपात थपियो । भोलिपल्ट भदौ १७ गते बिहानैदेखि परिवार, आफन्त र स्थानीयले उनको खोजी सुरु गरे । सम्भावित ठाउँमा खोजी गर्दा पनि उनी फेला परिनन् । पाँच दिनसम्मको खोजीपछि अन्ततः उनी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा रहेको खोलामा मृत अवस्थामा फेला परिन् । छोराको बिछोडको पीडा सहन नसकेर डोल्मा याङ्जीले समेत संसार छाडेको घटनाले परिवार र आफन्तलाई स्तब्ध बनाएको छ । उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित तेछीमकी डोल्मा याङ्जी लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ किन्जामा बस्दै आएकी थिइन् । सोही क्षेत्रतर्फ पर्ने खोलामा उनको शव भेटिएपछि पोस्टमार्टमका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगिएको थियो । पोस्टमार्टमपछि सल्लेरीमा नै शेर्पा परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए । केही दिनको अन्तरालमा एउटै परिवारले भोगेको यो दोहोरो वियोगले बाढीले बगाएको केवल एउटा ज्यानको कथा नभई त्यसले परिवारको मनमा छाडेको गहिरो देखाएको छ । ङिमाको बिछोडमा आँसु झारिरहेकी आमाले पनि अन्ततः संसार छाडेपछि परिवार अहिले अपूरणीय क्षतिका बीच शोकमा डुबेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बसको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
म्याग्दीमा भूकम्पको धक्का
म्याग्दीमा भूकम्पको धक्का
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको उद्घोष, ५० लाख डलरमा खरिद गर्न सकिने
‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको उद्घोष, ५० लाख डलरमा खरिद गर्न सकिने