कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
३१२ पटक हेरिएको
Shares
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

सारांश

  • ।
  • नेपाली कांग्रेसका नेता डा.
  • शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् ।

२९ साउन, काठमाडौं । ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

‘यो भेला किन आयोजना गर्नुपर्याे भने कांग्रेसलाई एकजुट बनाउनलाई हो । यो मेरो कर्तव्य हो । पार्टी एकजुट भएको खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो,’ उनले भने । कोइरालाले निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो सम्बन्ध र राजनीतिक यात्राका केही प्रसंगसमेत सुनाए । उनले तत्कालीन समयमा देउवा बनारस आउँदा आफूलाई घुमाउने जिम्मेवारी दिइएको स्मरण गरे । उनका अनुसार देउवालाई आफूले के गर्न चाहनुहुन्छ भनेर सोध्दा उनले सिनेमा हेर्न चाहेको बताएका थिए । त्यस दिन आफूहरू तीनवटा सिनेमा हेर्न गएको कोइरालाले बताए ।

उनले देउवा बेलायतमा रहेका बेला आफूले फोन गरेर नेपालमा परिवर्तन भइरहेको भन्दै स्वदेश फर्किन आग्रह गरेको पनि स्मरण गरे । त्यसपछि देउवा नेपाल फर्किएको र पछि प्रधानमन्त्री बनेको उनले बताए । ‘मलाई के लाग्छ भने शेरबहादुर देउवाजीको भाग्य राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री पनि बन्नुभयो,’ कोइरालाले भने । उनले राष्ट्रिय भेलामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनका क्रममा भएका कमजोरीका लागि क्षमा मागे । सबैको सहभागिताले आफू खुसी भएको बताउँदै उनले देउवा सहभागी भए भेला पूर्ण रूपमा सफल हुने दाबी गरे । ‘सबै जना आउनुभयो, खुसी लाग्यो। त्रुटिहरू भए क्षमा गरिदिनुहोला । हामीले खाना पनि दिन सकेनौँ, त्यसका लागि माफ गरिदिनुहोला । शेरबहादुर देउवा आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप