मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
१४१ पटक हेरिएको
Shares
मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु

सारांश

  • खोटाङमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किच्दा एक मजदुरको मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्ने क्रममा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।
  • बिहीबार बिहान करिब ४ बजे काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुइँमा खसेका मगरलाई सोही मुढाले किचेको प्रहरीले जनाएको छ।

खोटाङ, २९ साउन। खोटाङमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किच्दा एक मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्ने क्रममा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।

बिहीबार बिहान करिब ४ बजे काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुइँमा खसेका मगरलाई सोही मुढाले किचेको प्रहरीले जनाएको छ। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरीचौकी छितापोखरीबाट प्रहरी वरिष्ठ हवल्दार उमाकान्त रायको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनामा संलग्न ट्याक्टर चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ का १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु
चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ
डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण