सात वटा संसदीय समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
७९ पटक हेरिएको
Shares
सात वटा संसदीय समितिको बैठक बस्दै 

सारांश

  • सात वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
  •   बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।
  • बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यसूची छ ।

 

काठमाडौं ।

सात वटा संसदीय समितिको बैठक आज बस्दै छ ।  बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो । बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यसूची छ ।

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गर्ने तयारी छ ।  यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजे बस्ने भएको छ । बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ भने अपराह्न १ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीहरूमाथि छलफल हुनेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय र सम्झौताको कार्यान्वयनको अवस्थाका साथै आगामी जलवायु परिवर्तन सम्मेलन (कोप ३१) का लागि नेपालको तयारीबारे छलफल हुने कार्यसूची छ ।  यस्तै, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
देशका यी स्थानमा भारी वर्षाको सम्भावना
देशका यी स्थानमा भारी वर्षाको सम्भावना
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत