सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
५३ पटक हेरिएको
Shares
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

सारांश

  •   प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।
  • मंगलबार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको सुरक्षासमेत जोडिएको बताए ।
  • उनले भने, ‘सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ र प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्छ ।

२६ साउन, काठमाडौं । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको सुरक्षासमेत जोडिएको बताए ।

उनले भने, ‘सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ र प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्छ । यसरी सवारी साधन आयात गर्दा यात्रु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई ध्यानमा राखेर मैले यो कुरा राखेको हुँ।’ सडकमा गुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित हुन्छन्, त्यसमा सवार नागरिक पनि त्यति नै आश्वस्त हुन सक्ने उनको भनाइ थियो । आईजीपी कार्कीले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । उनले सडक दुर्घटनाको कारण चालकको लापरवाही मात्र नभई नेपालको भूगोल, सवारी साधन र सडकको इन्जिनियरिङ पनि उत्तिकै जिम्मेवार हुने उल्लेख गरे । उनले सडक सुरक्षा सुधारका लागि यी सबै पक्षमा समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : देउवा
डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : देउवा
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना