करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान

सारांश

  • नेपालमा करदाता दर्ता संख्या ८४ लाख नाघेको छ ।
  • आर्थिक वर्ष २०८२/८३ को अन्तिमसम्म कुल ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयका अनुसार सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरू छन् ।

१९ साउन, काठमाडौं ।

नेपालमा करदाता दर्ता संख्या ८४ लाख नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्तिमसम्म कुल ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरू छन् । अहिलेसम्म ५६ लाख ९६ हजार ७०८ व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ७४ हजार ९९२ रहेका छन् ।

डब्लू प्यान लिने करदाता ३९ हजार १६४ पुगेका छन् । एक वर्षको अवधिमा व्यक्तिगत प्यान लिने करदाता ७ लाख ९३ हजार ९८६ थप भएका छन् । व्यवसायिक प्यान लिने १ लाख १४ हजार ३३४ थप भएका छन् । डब्यू प्यान लिने करदाता ३ हजार २९४ थप भएको तथ्यांकले देखाएको छ । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाता संख्या ३ लाख ७८ हजार २६८ पुगेको छ । गत आवमा भ्याटमा २६ हजार ५३३ करदाता थप भएका छन् । अन्तःशुल्कमा १ लाख ३२ हजार ६७२ करदाता दर्ता भएको देखिएको छ । गत आवमा अन्तःशुल्कमा ७ हजार ६७५ करदाता थप भएका छन् । मन्त्रालयका अनुसार करदाताको यो संख्या सक्रिय संख्या हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
काठमाडौंमा फेरि भूकम्पको धक्का
काठमाडौंमा फेरि भूकम्पको धक्का
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
कान्तिलोकपथ सडक अवरुद्ध
कान्तिलोकपथ सडक अवरुद्ध