गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
११९ पटक हेरिएको
Shares
गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति

सारांश

  • संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ ।
  • गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ ।
  • पुन: केही  बुँदा थपेर १८ बुँदा पुर्‍याइएको बताइएको छ ।

१४ साउन, जनकपुरधाम ।

संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन: केही  बुँदा थपेर १८ बुँदा पुर्‍याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए ।

‘हिजोको विषयमा केही अस्पष्ट, लेटरप्याडमा हस्ताक्षरको कुरामा अस्पष्ट रहेको कुराहरू उहाँहरूले राख्नु भयो,’ उनले भने, ‘गृहममन्त्रीजीले आफ्ना कुरा राखेर वार्ता टुंगियो । यो वर्ता १३ बुँदामा क्लियारिटी हो । मिडियामा जुन कुराहरू आएको छ, त्यसबारे गृहमन्त्रीज्यूले स्पष्ट पार्नुभयो । उहाँहरू सन्तुष्ट हुनु भएको छ । आन्दोलनको कार्यक्रम फिर्ता लिनु भएको छ ।’ हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही केही कुराहरू सच्याएको बताए । वार्ता सकिएपछि सञ्चारकर्मीको जिज्ञासामा उनले ‘केही कुराहरू सच्याइएको छ । मागहरू सम्बोधन गर्ने गृहमन्त्रीजीले आश्वासन दिनु भएको छ । अब गृहमन्त्रीले काहीकतैपनि गोली हान्न सक्नुहुन्न भनेर प्रतिबद्धता गर्नु भएको छ ।’ शनिबार राति गृहमन्त्रीलाई पेश गरिएको १३ बुँदे मागपत्रमा भने पहिलो नम्बरमा हिन्दू राष्ट्र कायम गर्ने र अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने लगायतको बुँदा उल्लेख थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन