सुनसरी घटनाबारे मन्त्रिपरिषद् बैठक चुपचाप !

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
२५८ पटक हेरिएको
Shares
सुनसरी घटनाबारे मन्त्रिपरिषद् बैठक चुपचाप !

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
  • यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो ।
  • यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गरेका थिए ।

१३ साउन, काठमाडौं ।

सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो । यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो । यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गरेका थिए । तर मन्त्रिपरिषद्को सिंगो बैठकबाट चाहिँ उक्त घटनाबारे केही निर्णय गरे, नगरेको सरकारले बाहिर ल्याएको छैन ।

सधैंजस्तो मन्त्रिपरिषद्को बैठकका नियमित निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार पनि सार्वजनिक गरे । तर यो घटनाबारे उनले केही भनेनन् । सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनी तर्केर हिंडे । उनका सहयोगीले आज अन्य कार्यक्रम पनि भएकाले यत्ति नै गरौं भन्दै सञ्चारकर्मीहरूलाई टार्न खोजे । यद्यपि सरकारले उक्त घटनाको छानबिनका लागि टोली चाहिँ पठाइसकेको छ । उक्त टोलीले काम थालिसकेको छ । तर मृतक र घाइतेका परिवार लगायतले उक्त घटनाको विषयमा विभिन्न माग गरिखरहेका छन् । क्षतिपूर्तिदेखि शहीद घोषणासम्मका माग उनीहरूका छन् । तर सरकारले यो विषयमा केही निर्णय गरे नगरेको बाहिर ल्याएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो