सहकारी पीडित फेरि आए सडकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
९९ पटक हेरिएको
Shares
सहकारी पीडित फेरि आए सडकमा

सारांश

  •   सहकारीपीडित फेरि सडकमा आएका छन्।
  • उनीहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
  • समान रुपमा बचत फिर्ता गर्न माग गरेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

 

११ साउन, काठमाडौं । 

सहकारीपीडित फेरि सडकमा आएका छन्। उनीहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। समान रुपमा बचत फिर्ता गर्न माग गरेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा प्रदर्शनमा उत्रिएका सहकारी पीडितले साना र ठूला वचतकर्ता भनेर पीडितहरुलाई विभाजन गर्न नहुने बताएका छन्।

सहकारी पीडितलाई विभाजन गरेर आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको भनाइ छ। सहकारी पीडित वचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले पहिला आन्दोलनकारी सहकारी पीडितको बचत फिर्ता गर्न सरकारसँग माग गरे।  माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनको गुनासो छ। अब सहकारी पीडितको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने उनको भनाइ छ।

सहकारी पीडितसँग विगतमा गरेका सम्झौता कार्यन्वयन गराउन आफूहरू प्रदर्शनमा उत्रिएको उनले बताए। उनले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको उनको भनाइ छ।  सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे। सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ। प्रदर्शनमा सहभागीले ‘पीडितलाई न्याय दिइयोस्,’ ‘फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्। यस्तै उनीहरूले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको ब्यानर समेत प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?