संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १३, २०८३
|
|
६३४ पटक हेरिएको
Shares
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव

सारांश

  •   जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता पुनरावलोकन र प्रदेश खारेजसम्बन्धी निर्णय कुनै पनि हालत स्वीकार्य नहुने र त्यसको प्रतिवादन गर्ने बताएका छन्।
  • शनिबार जसपा नेपालले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने बताएका हुन्।
  • सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट पारित गरेको संघीयता पुनर्संरचना र प्रदेश सभा खारेजको प्रस्ताव कार्यान्वयनमा लगेमा मधेशी जनता र जसपा नेपालले त्यसको प्रतिवाद गर्ने उनले बताए।

 

१३ असार, काठमाडौं । 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता पुनरावलोकन र प्रदेश खारेजसम्बन्धी निर्णय कुनै पनि हालत स्वीकार्य नहुने र त्यसको प्रतिवादन गर्ने बताएका छन्। शनिबार जसपा नेपालले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने बताएका हुन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट पारित गरेको संघीयता पुनर्संरचना र प्रदेश सभा खारेजको प्रस्ताव कार्यान्वयनमा लगेमा मधेशी जनता र जसपा नेपालले त्यसको प्रतिवाद गर्ने उनले बताए।  ‘देशमा संघीयता कसैको दया कृपाबाट आएको होइन। यो सयौं मधेशी जनताको बलिदानीबाट प्राप्त उपलब्धि हो,’ यादवले भने, ‘यसलाई कसैले छेडखानी गर्न खोजे जसपा नेपाल मात्रै होइन, सम्पूर्ण मधेशी जनता त्यसको प्रतिवाद गर्न सडकमा ओर्लिनेछन्।’ उनले संघीयताका लागि फेरि एक पटक आन्दोलन गर्न तयार अवस्थामा रहन यादवले मधेशी जनतालाई आह्वान गरे। मधेश र मधेशीका हकहितका लागि गठित पार्टीको मूल उद्देश्य सामाजिक न्याय, पहिचान र अधिकारको आन्दोलन भएकाले लक्ष्य प्राप्त नभएसम्म संघर्ष जारी रहने उनको भनाइ थियो। अध्यक्ष यादवले एउटा निर्वाचनको परिणामलाई अन्तिम सत्यका रूपमा नलिन नेता-कार्यकर्तालाई आग्रह गरे। उनले संगठनलाई गाउँदेखि प्रदेशसम्म थप सुदृढ बनाउँदै आगामी निर्वाचन र राजनीतिक अभियानका लागि अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिए। उनले डिजिटल युगमा सामाजिक सञ्जाल पार्टीको प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत पार्टीका नीति, विचार र गतिविधि जनतामाझ पुर्‍याउनका लागि सक्रिय हुन आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
एसईईको पूरक परीक्षा आजदेखि सुरु
एसईईको पूरक परीक्षा आजदेखि सुरु
वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक
वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
सिंहदरबार अगाडि बाइक पार्किङ गर्दै सरकारविरुद्ध प्रदर्शन
सिंहदरबार अगाडि बाइक पार्किङ गर्दै सरकारविरुद्ध प्रदर्शन
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी