गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
४३५ पटक हेरिएको
Shares
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश

सारांश

  • इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् ।
  • समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।
  • इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ ।

 

१५ जेठ, काठमाडौं ।

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् । समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।

इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ । गाजा समुद्र तटको किनारामा एक सानो क्षेत्रमा संकुचित भइसकेको छ । इजरायलले पहिले नै गाजा पट्टीको झण्डै ६४ प्रतिशत क्षेत्रमा आफ्नो प्रभाव जमाइसकेको अनुमान गरिएको छ । सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि सुरू भएको दुई वर्ष लामो इजरायली सैन्य अभियानमा सानो तटीय क्षेत्रको ठूलो भूभाग खण्डहरमा परिणत भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?