सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३७५ पटक हेरिएको
Shares
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सारांश

  • प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्।
  • बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् ।
  • यो उनको १०औँ सफल सगरमाथा आरोहण हो।

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्। बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । यो उनको १०औँ सफल सगरमाथा आरोहण हो। सामाजिक सञ्जालमार्फत उनले ‘सदनदेखि शिखरसम्म’ अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सदनदेखि शिखरसम्मको यात्रा ९औँ दिनमा बिहान ०५ः४० बजे सगरमाथा शिखरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछु। यहाँसम्मको यात्रामा सहयोग, शुभकामना र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।’ सगरमाथा आरोहणपछि उनले मौसम प्रतिकूलताका कारण योजना अनुसार सातौँ दिनमै शिखर पुग्न नसकेको बताए । ‘मेरो योजना सातौँ दिनमै सगरमाथा आरोहण गर्ने थियो । तर मौसमका कारण आठौँ दिनमा क्याम्प–४ बाट करिब ८ हजार ४ सयदेखि ८ हजार ५ सय मिटरसम्म पुगेपछि अत्यधिक हावाहुरीका कारण फर्किनुपर्याे,’ उनले भने।

उनले दोस्रो प्रयासमा नवौँ दिनमा सफल आरोहण गरेको उल्लेख गर्दै यसपटकको अनुभव आफ्ना लागि विशेष रहेको बताए । ‘काठमाडौं छाडेको पाँचौँ दिनमै म ७ हजार १ सय मिटरसम्म पुगेको थिएँ । यति छिटो सगरमाथा आरोहण गर्ने हिम्मत मैंले यसअघि गरेको थिइनँ,’ उनले भने। सांसद शेर्पाले संसदमा हिमाल, पर्यटन र पर्वतारोहण क्षेत्रका नीतिगत विषयमा काम गर्ने जिम्मेवारी भएकाले अभियानलाई छोटो समयमा सम्पन्न गर्ने लक्ष्य राखेको पनि बताए । उनले यही जेठ ५ गते काठमाडौंबाट सगरमाथा बेसक्याम्प पुगेर अभियान सुरु गरेका थिए। त्यसअघि प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको झण्डा हस्तान्तरण गर्दै उनलाई बिदाइ गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते