सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३८९ पटक हेरिएको
Shares
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सारांश

  • प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्।
  • बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् ।
  • यो उनको १०औँ सफल सगरमाथा आरोहण हो।

 

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्। बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । यो उनको १०औँ सफल सगरमाथा आरोहण हो। सामाजिक सञ्जालमार्फत उनले ‘सदनदेखि शिखरसम्म’ अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सदनदेखि शिखरसम्मको यात्रा ९औँ दिनमा बिहान ०५ः४० बजे सगरमाथा शिखरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछु। यहाँसम्मको यात्रामा सहयोग, शुभकामना र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।’ सगरमाथा आरोहणपछि उनले मौसम प्रतिकूलताका कारण योजना अनुसार सातौँ दिनमै शिखर पुग्न नसकेको बताए । ‘मेरो योजना सातौँ दिनमै सगरमाथा आरोहण गर्ने थियो । तर मौसमका कारण आठौँ दिनमा क्याम्प–४ बाट करिब ८ हजार ४ सयदेखि ८ हजार ५ सय मिटरसम्म पुगेपछि अत्यधिक हावाहुरीका कारण फर्किनुपर्याे,’ उनले भने।

उनले दोस्रो प्रयासमा नवौँ दिनमा सफल आरोहण गरेको उल्लेख गर्दै यसपटकको अनुभव आफ्ना लागि विशेष रहेको बताए । ‘काठमाडौं छाडेको पाँचौँ दिनमै म ७ हजार १ सय मिटरसम्म पुगेको थिएँ । यति छिटो सगरमाथा आरोहण गर्ने हिम्मत मैंले यसअघि गरेको थिइनँ,’ उनले भने। सांसद शेर्पाले संसदमा हिमाल, पर्यटन र पर्वतारोहण क्षेत्रका नीतिगत विषयमा काम गर्ने जिम्मेवारी भएकाले अभियानलाई छोटो समयमा सम्पन्न गर्ने लक्ष्य राखेको पनि बताए । उनले यही जेठ ५ गते काठमाडौंबाट सगरमाथा बेसक्याम्प पुगेर अभियान सुरु गरेका थिए। त्यसअघि प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको झण्डा हस्तान्तरण गर्दै उनलाई बिदाइ गरेका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
एमालेले आफ्ना सांसदलाई आकस्मिक बोलायो सिंहदरबारमा
एमालेले आफ्ना सांसदलाई आकस्मिक बोलायो सिंहदरबारमा
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सडक यात्रापछि घरदैलोमा फर्किए बालेन
सडक यात्रापछि घरदैलोमा फर्किए बालेन
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक