सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट

सारांश

  • सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् ।
  • शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् ।
  • ‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन ।

२१ कात्तिक, काठमाडौं ।

सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् । ‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन । शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् ।

सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हामीले खाना खाएको थाली सफा नगरी फेरि त्यसमै खान सकिदैन् । त्यसैले काम गर्ने बजारलाई शुद्धिकरण वा सुधार नगरि बजार चलायमान बनाउन सकिदैन्,’अगाडि भने,‘लगानीकर्ताहरुको हक हितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन् ? बोर्ड के का लागि स्थापना भएको हो लगानीकर्ताहरुको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो ?’

यस्तै, उनले अन्तरिम सरकारले लगानीकर्ताहरुका पक्षमा काम गर्छ भन्ने आशा व्यक्त गरे । उनले भने, ‘अहिलेको सरकारले काम गर्छ भन्ने आशा गरेका छौं । अहिलेको सरकारले पनि काम गरेन भने पहिला र हालको सरकारमा केही फरक छैन् । काम गर्न सक्ने खालको अध्यक्ष हामीलाई चाहिएको छ । अहिलेको अध्यक्षले काम गरेको भए मागसहित आन्दोलनमा आउनुपर्ने अवस्था हुदैँन् थियो ।’ अभियानका अगुवा वा लगानीकर्ता आदित्य शिवाकोटीले १८ बुँदे माग राखेर अघि बढेकाले आन्दोलनमार्फत नै बोर्डलाई जिम्मेवार बनाउने बताए । धितोपत्र बोर्ड भ्रष्टाचार लिप्त भएको भन्दै यसलाई भ्रष्टाचारमुक्त बनाउनको लागि अभियान चालेको पनि उनको भनाई छ । उनीहरुले बोर्ड सुधार र लगानीकर्ताको हितका लागि १८ बुँदे मागपनि तयार गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?