Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
३६६ पटक हेरिएको
Shares
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज

सारांश

  • बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय तनावग्रस्त बनेको छ ।
  • एक जना किन्नरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सुरु भएको विरोध प्रदर्शन झडपमा परिणत भएको हो ।
  • स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो ।

 

४ जेठ, रौतहट ।

बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय तनावग्रस्त बनेको छ । एक जना किन्नरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सुरु भएको विरोध प्रदर्शन झडपमा परिणत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो । स्थानीय स्रोतका अनुसार कलैयामा किन्नर तथा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका दुई पक्षबीच केही समयदेखि आन्तरिक विवाद चल्दै आएको थियो।

सोही विवादका क्रममा शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा प्रहरीले एक जना किन्नरलाई पक्राउ गरेको थियो।
आफ्नो साथीलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै समुदायका अन्य सदस्यहरू आन्दोलित भएका हुन्।
पक्राउको विरोधमा आक्रोशित बनेका किन्नरहरू ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि जम्मा भएका थिए ।
प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै सडकमै अर्धनग्न भएर प्रदर्शन सुरु गरे । चोक र सरकारी कार्यालय अगाडि भएको यस्तो अप्रत्याशित प्रदर्शनले गर्दा आसपासको यातायात र बजार क्षेत्र समेत केहीबेर प्रभावित बनेको थियो।
प्रदर्शन शान्तिपूर्ण रूपमा मात्रै सीमित रहेन । नाराबाजीकै क्रममा आक्रोशित प्रदर्शनकारीहरूको समूहले जिल्ला प्रहरी कार्यालयको भित्री परिसरमा प्रवेश गर्न र कार्यालय घेराउ गर्न खोजेपछि सुरक्षा संवेदनशीलता बढेको थियो ।
प्रहरीले निषेधित क्षेत्र पार नगर्न चेतावनी दिएता पनि प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि अवस्था नियन्त्रण बाहिर जाने जोखिम बढेको थियो।

शान्ति सुरक्षा कायम राख्न र सरकारी कार्यालयको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज सुरु गरेपछि घटनास्थलमा भागाभाग मच्चिएको थियो । लाठीचार्जका क्रममा केही प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
झडपको स्थिति सिर्जना भएलगत्तै सदरमुकाम कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा प्रहरीका अनुसार हाल सो क्षेत्रको अवस्था पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ र जनजीवन सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा खोला किनारमा बोराभित्र शव फेला
सिरहामा खोला किनारमा बोराभित्र शव फेला
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा
सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलसले सुरु गरे आमरण अनसन
प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलसले सुरु गरे आमरण अनसन
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु