लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
२५२ पटक हेरिएको
Shares
लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
  • नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् ।

४ जेठ, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले दुवै खेल जितेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस (डीएलएस) नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहन आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
१८ वर्ष पछि मलंगवा जुनियर जेसीजको नेतृत्वमा महिला
१८ वर्ष पछि मलंगवा जुनियर जेसीजको नेतृत्वमा महिला
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक
प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश