आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
२४० पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ ।
  • हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ ।
  • आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

३ जेठ, काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ। आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत
काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो