कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
१८४ पटक हेरिएको
Shares
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने

सारांश

  •     नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ ।
  • भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ ।
  • शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो ।

२७ वैशाख, सुर्खेत ।   

नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ । शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो । नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले भेलाको तयारी तीब्र रुपमा भई रहेको जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । ‘नेपाली कांग्रेसबाट विजयी सबै तहका जनप्रतिनिधी, पार्टीका सबै तहका सभापति, प्रदेशका पदाधिकारी र सदस्यहरु, कर्णालीका केन्द्रीय सदस्यहरु भेलामा सहभागि हुनुहुनेछ’ उनले भने, ‘भेलाको व्यापक तयारी भइरहेको छ । नेपाली कांग्रेस कर्णालीका केन्द्रीय सदस्यहरु, प्रदेशका सभापति र पदाधिकारीहरु, प्रदेश संसदीय दलका नेता र सुर्खेत जिल्लाका पदाधिकारीसहितको बैठकले भेलाको व्यवस्थापकीय तयारी गरेको उनले बताए । बिशेष महाधिवेशन पछि प्रतिनिधीसभाको चुनावी आमसभा भन्दा पछि सभापति थापा लगायतका पदाधिकारी पहलिो पटक कर्णाली आउन लागेका हुन् ।

भेलाले प्रतिनिधी सभा निर्वाचनको समीक्षा र भावी रणनीतिहरुका लागि व्यापक छलफल गर्ने जनाएको छ । २८ गते उद्घाटन समारोह गर्ने, त्यसमा नेताहरुले सम्बोधन गर्ने र २९ गते बिभिन्न ६ वटा बिषयगत समूहमा छलफल गर्ने तयारी काँग्रेसले गरेको जनाएको छ । प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने र स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुने केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए । विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पावरप्लेमा नेपालको ४ विकेट पतन
पावरप्लेमा नेपालको ४ विकेट पतन
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता