न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
२०१ पटक हेरिएको
Shares
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको जिकीर गरेका छन्।
  • न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा.
  • शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिएको प्रधानमन्त्रीको भनाई छ।

२५ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको जिकीर गरेका छन्। न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिएको प्रधानमन्त्रीको भनाई छ।

संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री शाहले राखेको दलील सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला संवैधानिक परिषद्ले न्यायाधीश डा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ’ सचिवालयले भनेको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।’

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना ९२०७६/२०८१० को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा. शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको सचिवालयको भनाई छ। ‘सर्वोच्च अदालतको तथ्याङ्क अनुसार, प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाउनुभएको छ। यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो’ प्रधानमन्त्रीको सचिवालयको दाबी छ, ‘पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २,१८१ मुद्दा किनारा लगाउनुभएको छ। प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ, जसले न्याय सम्पादनमा उहाँको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गर्दछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति