युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
२११ पटक हेरिएको
Shares
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी

सारांश

  • अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
  • अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ ।
  • उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो ।

२४ वैशाख, काठमाडौं ।

अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ । उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् ।

पश्चिमी मुलुकहरू र इरानबीच पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको आधार तयार गरिरहेको बताइएको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था एक्ओइसले जनाएअनुसार यो प्रगति द्वन्द्व सुरु भएयताकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ । यद्यपि अन्तिम सहमति भने अझै भइसकेको छैन । प्रस्तावित समझदारीपत्र १४ बुँदे प्रारम्भिक दस्तावेजका रूपमा रहेको र यसले तत्काल युद्धविराम लागू गर्दै ३० दिने वार्ता प्रक्रिया सुरु गर्ने लक्ष्य राखेको बताइएको छ । त्यस अवधिमा व्यापक समझदारीका विषयमा छलफल हुने जनाइएको छ ।

सम्झौताअन्तर्गत इरानले अल्पकालीन रूपमा युरेनियम संवद्र्धन गतिविधिमा रोक लगाउनेछ भने त्यसको बदलामा अमेरिकाले केही प्रतिबन्ध हटाउने र इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रक्रिया अघि बढाउनेछ । साथै दुवै देशले होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य तनाव कम गर्ने दिशामा पनि काम गर्ने जनाइएको छ । रिपोर्टमा धेरै प्रावधानहरू आगामी वार्ताको नतिजामा निर्भर रहने उल्लेख गर्दै प्रक्रिया अझै जोखिमपूर्ण रहेको बताइएको छ । असफलता भए पुनः सैन्य द्वन्द्व चर्किन सक्ने वा लामो समय अनिश्चितता कायम रहन सक्ने चेतावनी पनि दिइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै होर्मुज क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय पनि यही कूटनीतिक प्रगतिपछि लिएका हुन् । वार्ताको नेतृत्व अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरले गरिरहेका छन् । उनीहरूले तेहरानसँग प्रत्यक्ष तथा तेस्रो पक्षमार्फत संवाद जारी राखेको जनाइएको छ । यदि समझदारी औपचारिक रूपमा लागू भएमा यसले युद्ध अन्त्यको औपचारिक घोषणा गर्दै आगामी प्राविधिक वार्ताहरू जेनेभा वा अन्य तटस्थ स्थानमा सार्ने मार्ग प्रशस्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो।
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो।
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा