आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
६८४ पटक हेरिएको
Shares
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै

सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज शुक्रबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन्।
  • न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
  • यो खेलको विजेताले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।

१५ जेठ, काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज शुक्रबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन्। न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ९२ रनले पराजित हुँदै गुजरातले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।  यता राजस्थानले भने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै गुजरातसँगको भेट पक्का गरेको हो।  राजस्थानका मुख्य हतियार भनेका युवा स्टार वैभव सूर्यवंशी हुन्। एलिमिनेटर खेलमा आक्रामक प्रदर्शन गरेका उनी जारी आईपीएलमा उच्च लयमा छन्। वैभवसँगै ध्रुव जुरेल लयमा छन्। बलिङमा जोफ्रा आर्चर र ब्रिजेश शर्माको भरोसामा टोली छ।  गुजरातका लागि साइ सुदर्शन र शुभमन गिलले उच्च प्रदर्शन गरिरहेका छन्। बलिङतर्फ कागिसो रवाडा र जेसन होल्डरको साथमा गुजरात फाइनल पुग्ने लक्ष्यमा छ।  लिग चरणमा भएको दुई भेटमा एक खेल राजस्थानले ६ रनले आफ्नो पक्षमा पारेको थियो। अर्को खेलमा गुजरातले ७७ रनले राजस्थानलाई हराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
हमासले आज थप ३ बन्दी रिहा गर्ने
हमासले आज थप ३ बन्दी रिहा गर्ने
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो