मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि

सारांश

  • मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज एकाविहानै मधेश भवन प्रवेश गरेका छन् ।
  • नियुक्ति र शपथलाई लिएर हिजो सोमबार दिनभर मधेश भवनको अवस्था तनावग्रस्त बनेकाले उनी आज बिहानै मधेश भवन प्रवेश गरेका हुन् ।
  • प्रदर्शनको क्रममा भएको तोडफोडको निरीक्षण गर्दै उनले हिजो भएको घटना र त्यसप्रति प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि पोखे ।

२५ कात्तिक, जनकपुरधाम ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज एकाविहानै मधेश भवन प्रवेश गरेका छन् । नियुक्ति र शपथलाई लिएर हिजो सोमबार दिनभर मधेश भवनको अवस्था तनावग्रस्त बनेकाले उनी आज बिहानै मधेश भवन प्रवेश गरेका हुन् । प्रदर्शनको क्रममा भएको तोडफोडको निरीक्षण गर्दै उनले हिजो भएको घटना र त्यसप्रति प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि पोखे ।

उनले राष्ट्रिय झण्डाको अपमान, कर्मचारीमाथि कुटपिट र सार्वजनिक सम्पतिमा क्षति हुँदा प्रहरी किन मुकदर्शक बने, किन पक्राउ गरेन भन्ने प्रश्न गरेका थिए । उनले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका उनले सोमबार बिहान बर्दिबासको पानस होटेलमा शपथ ग्रहण गरेपछि त्यसको विरोधमा मधेश भवन भित्र र बाहिर तोडफोड भएको थियो । हिजो दिनभर अवस्था तनावपूर्ण भएकाले उनी जनकपुरधामको निजी निवासमा बसेका थिए । निवासमा सोमबार बेलुका केही सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले बाध्यात्मक परिवेशमा आफूले बाटोमै शपथ लिनुपरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस
लागूऔषध सहित चार जना पक्राउ
लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी