चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १८, २०८३
|
|
३३७ पटक हेरिएको
Shares
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो

सारांश

  • ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराका साथ आज रौतहटको चन्द्रनिगाहपुरमा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ ।
  •  चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा चन्द्रपुरई रिक्सा सङ्घ लगायत विभिन्न मजदुर सङ्गठनहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
  •  मजदुर दिवसको अवसरमा बिहान चन्द्रनिगाहपुर बजारदेखि लोकतान्त्रिक चोकसम्म प्रभात फेरि निकालिएको थियो ।

१८ वैशाख, काठमाडौं ।

‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराका साथ आज रौतहटको चन्द्रनिगाहपुरमा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा चन्द्रपुरई रिक्सा सङ्घ लगायत विभिन्न मजदुर सङ्गठनहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । मजदुर दिवसको अवसरमा बिहान चन्द्रनिगाहपुर बजारदेखि लोकतान्त्रिक चोकसम्म प्रभात फेरि निकालिएको थियो । सबैका लागि सामाजिक न्याय र मर्यादित कामू भन्ने नारा घन्काउँदै निकालिएको उक्त ¥यालीमास्स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीहरू, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू र मजदुरहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै चन्द्रपुरका समाजसेवी वसन्त आचार्यले दिवस मनाउने शैली र मजदुरको वास्तविक अवस्थाप्रति गम्भीर प्रश्न उठाए । उनले भने ‘आज विश्वभर यो दिवस मनाइरहँदा रातदिन पसिना बगाउने मजदुरहरूको श्रमको उचित मूल्याङ्कन भएको छ तरु हामी हरेक वर्ष नारा त तय गर्छौँ, तर अघिल्लो वर्षको नाराले कति सार्थकता पायो र कति उपलब्धि भयो भन्ने मूल्याङ्कन हुन जरुरी छ ।’

आचार्यले थप प्रस्ट पार्दै भने, ‘एउटा मजदुर बिहानदेखि बेलुकासम्म खटिँदा पनि आफ्नो परिवारको लागि दुई छाक जुटाउन मुस्किल पर्छ भने उसको मेहनतमा न्याय भएको मान्न सकिँदैन । यसप्रति सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।’  कार्यक्रममा सहभागी वक्ताहरूले मजदुरहरूको हकहित, सुरक्षा र उचित पारिश्रमिकको ग्यारेन्टी गर्न माग गरे । औपचारिक कार्यक्रममा मात्र सीमित नभई मजदुरको जीवनस्तरमा परिवर्तन आउने गरी काम गर्न स्थानीय सरकार र सम्बन्धित संघसंस्थालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ
हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ