त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
२९४ पटक हेरिएको
Shares
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

सारांश

  • त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।
  •   बिहीबार त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्।
  • तीनै जनाले राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए।

१७ वैशाख, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।  बिहीबार त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। तीनै जनाले राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए।  सरकारले गरेको आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। ‘उपकुलपतिसहित हामी तीनै जनाले सामूहिक राजीनामा दिएका छौँ,’ केसीले  भने।

नयाँ सरकारलाई काम गर्न सजिलो होस भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ। सरकारले यसअघि भएका राजीतिक नियुक्ति हटाउने तयारी गरेको छ।  अर्याल २०८२ असार २५ मा उपकुलपति नियुक्त भएका थिए। उनलाई तत्कालनी प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका थिए। तत्कालीन कुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए। त्यस्तै, शिक्षाध्यक्ष प्राडा केसी र रजिस्ट्रार प्राडा रिजाल २०८० चैत ३० मा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति प्राडा बरालको सिफारिसमा उनीहरूलाई तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए।  त्रिविका पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ। कार्यकाल बाँकी छँदै उनीहरूले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ