शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
५७१ पटक हेरिएको
Shares
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
  •   मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
  • सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।

१५ वैशाख, काठमाडौं ।

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।  मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।

गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गोल्छालाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै रिहाका लागि आदेश माग गरिएको थियो।  यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हा? निवेकदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित’ लिखित जवाफ पेश गर्नु भनेको छ।  मंगलबार गोल्छाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल, अधिवक्ताद्वय पंकजकुमार कर्ण र सूर्यराज दाहालले बहस गरेका थिए।  गोल्छाकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
संसद्ले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
संसद्ले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता