वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
९१ पटक हेरिएको
Shares
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

सारांश

  • यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
  • आयोजक संस्था रारा फुटबल क्लब राजारानीले बिहीबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
  • चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरबाट आठ फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए ।

१० वैशाख,धनकुटा ।

यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक संस्था रारा फुटबल क्लब राजारानीले बिहीबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरबाट आठ फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । प्रथम पुरस्कार सात लाख र दोस्रो तीन लाख रहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा बढी धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।

प्रतियोगितामा आयोजक रारा, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौं), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा)को सहभागिता रहनेछ । कार्यक्रममा सम्पन्न गर्न ३६ लाख ५० हजार बराबरको खर्च हुने संस्थाका सचिव जीवन कटुवालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’