अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२५८ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण

सारांश

  • विदेशमा बसोबास गर्ने नेपालीहरूको कागजात प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले कागजात प्रमाणीकरण (Apostille) प्रणालीको आवश्यकता सम्बन्धमा परराष्ट्र सचिव अमृत बहादुर राईको ध्यानाकर्षण गराइएको छ।
  • बिहीबार पोर्चुगल निवासी गङ्गा बहादुर नेम्कुलले विश्वभर रहेका नेपालीहरूले भोग्दै आएको कागजात प्रमाणीकरणसम्बन्धी समस्या र डिजिटल युगअनुसार Apostille प्रणालीको अपरिहार्यताबारे जानकारी गराउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराएका हुन्।
  • नेपाल Hague Apostille Convention को सदस्यता प्राप्त देश भए पनि व्यवहारिक रूपमा Apostille सेवा प्रभावकारी रूपमा कार्यान्वयन नभएको कारण पोर्चुगल लगायत विभिन्न देशमा रहेका नेपालीहरूले अनेकन झन्झट र दुःख भोग्नुपरेको नेम्कुलले बताए।

१० वैशाख,काठमाडौँ ।

विदेशमा बसोबास गर्ने नेपालीहरूको कागजात प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले कागजात प्रमाणीकरण (Apostille) प्रणालीको आवश्यकता सम्बन्धमा परराष्ट्र सचिव अमृत बहादुर राईको ध्यानाकर्षण गराइएको छ।

बिहीबार पोर्चुगल निवासी गङ्गा बहादुर नेम्कुलले विश्वभर रहेका नेपालीहरूले भोग्दै आएको कागजात प्रमाणीकरणसम्बन्धी समस्या र डिजिटल युगअनुसार Apostille प्रणालीको अपरिहार्यताबारे जानकारी गराउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराएका हुन्।नेपाल Hague Apostille Convention को सदस्यता प्राप्त देश भए पनि व्यवहारिक रूपमा Apostille सेवा प्रभावकारी रूपमा कार्यान्वयन नभएको कारण पोर्चुगल लगायत विभिन्न देशमा रहेका नेपालीहरूले अनेकन झन्झट र दुःख भोग्नुपरेको नेम्कुलले बताए।साे क्रममा परराष्ट्र सचिव राईले नेपाल सरकारले यस विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिँदै अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै विदेशमा रहेका नेपालीहरूलाई सकारात्मक खबर दिने बताए।

आगामी हेग अपोस्टिल सम्मेलन बैठक २०२६ (मोरक्को) बैठकलाई मध्यनजर गर्दै Apostille सेवाको कार्यान्वयनतर्फ नेपाल सरकारले थप पहल गर्ने अपेक्षा गरिएको छ।उक्त भेटघाटमा अभियानकर्ता गङ्गा बहादुर नेम्कुलसँगै गङ्गा श्रेष्ठ र सञ्चारकर्मी राजु लामिछानेलगायत उपस्थित थिए।विदेशमा रहेका नेपालीहरूका लागि Apostille सेवा प्रभावकारी रूपमा लागू भएमा कागजात प्रमाणीकरण प्रक्रिया छिटो, सरल र विश्वसनीय बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला