काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’

सारांश

  • काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ ।
  • देशभरि नै पुनः वायु प्रदूषण बढिरहेको वातावरण विभागको तथ्यांक छ ।
  • बिहीबार (वैशाख १०) बिहान साढे ९ बजेको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ छ ।

 

१० वैशाख,काठमाडौं ।

काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । देशभरि नै पुनः वायु प्रदूषण बढिरहेको वातावरण विभागको तथ्यांक छ ।

बिहीबार (वैशाख १०) बिहान साढे ९ बजेको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौंभन्दा अगाडि पाकिस्तानको लाहोर (२६१ एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार लाहोर र काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ सूचीमा रहेको हो ।

 

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ । नेपालको वातावरण विभागका अनुसार पनि दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क, शंखपार्क, सुर्खेतलगायत स्थानको वायु धेरै अस्वस्थकर छ । वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायत स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत रहनुपर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोड दिँदै आएको छ । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, गर्भवतीलाई बढी असर गर्ने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणका बेला बिहान र बेलुका घरबाहिर ननिस्कन र निस्कन परे मास्क लगाउन मन्त्रालयले आग्रह गर्नेगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुल्दीखोलामा पुल निर्माण
बुल्दीखोलामा पुल निर्माण
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज