Press 4K
सोमबार, १० कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
२७० पटक हेरिएको
Shares
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

सारांश

  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ।
  • सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो ।
  • समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन्।

 

७ वैशाख,काठमाडौं ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ। सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो ।

समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन्। उनका अनुसार आज गठन भएको संघीयता सबलीकरण उपसमितिमा सांसद श्रीकृष्णप्रसाद अधिकारी संयोजक रहेका छन् भने सदस्यमा सांसद उदयबहादुर बोहरा, सांसद किरणबाबु श्रेष्ठ र सांसद सोनाम गेल्जेन शेर्पा रहेका छन्। यस उपसमितिको कार्यक्षेत्र राज्यका तहगत संरचनाबीच समन्वय गर्ने रहेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिमा सांसद विष्णुकुमारी सापकोटा संयोजक रहेकी छन्। सदस्यमा सांसद नारायणदत्त मिश्र, सांसद दुर्गाकुमारी गुरुङ र सांसद ललितजंग शाही रहेको सभापति राईले जानकारी दिइन् ।

उनका अनुसार सामाजिक न्याय उपसमितिमा सांसद रोशनी मेचे संयोजक रहेकी छन् भने सदस्यमा सांसद धमेन्द्र पासवान र सांसद मनरुपा शर्मा रहेका छन्। यस उपसमितिमा पछि थप सदस्यसमेत समावेश गरिने सभापति राईले जानकारी दिइन्। राईका अनुसार समितिका कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन, अनुगमन तथा तहगत विषयमा छलफल गर्न कार्ययोजना बनाइँदैछ। आगामी १० गते विपद् व्यवस्थापन र साइबर बुलिङका विषयमा छलफल गर्न गृहमन्त्रीलाई पनि बोलाइने तयारी गरिएको छ। किसानका समस्याका सन्दर्भमा खेती सुरु हुनुअघि नै मल, बिउ तथा अन्य आवश्यक विषयमा समेत छलफल अघि बढाइने उनले बताइन्।

‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका थुप्रै कार्यक्षेत्रहरु रहेका छन् । त्यही कार्यक्षेत्र अन्तर्गत त्यसमा स्थलगत अध्ययन, अनुगमन र तहगत विषयमा हामीले छलफल गर्नको निम्ति कार्ययोजनाहरु बनाइरहेका छौ । हामी तुरुन्तै विपद् व्यवस्थापन र साइबर बुलिङको बारेमा छलफल गर्न आगामी १० गते गृहमन्त्री पनि आउदै हुनुहुन्छ । किसानहरुको समस्याको सन्दर्भमा खेती गर्नुभन्दा अगाडि नै मल, बिउ लगायत अन्य आवश्यक विषयमा छलफल गर्न त्यो पनि काम गर्दैछौ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो
तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...