राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति

सारांश

  • राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कार्य क्षेत्रभन्दा बाहिरका विषयले प्रवेश पाएको भन्दै एमाले सांसदले आपत्ति जनाएका छन् ।
  • बुधबार बसेको समिति बैठकमा सहकारी ठगी प्रकरणको विषय उठेको भन्दै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले आपत्ति जनाएका हुन् ।
  • समितिको कार्यक्षेत्रमा सहकारीनपर्ने उनको भनाइ थियो ।

१४ चैत, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कार्य क्षेत्रभन्दा बाहिरका विषयले प्रवेश पाएको भन्दै एमाले सांसदले आपत्ति जनाएका छन् ।

बुधबार बसेको समिति बैठकमा सहकारी ठगी प्रकरणको विषय उठेको भन्दै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले आपत्ति जनाएका हुन् । समितिको कार्यक्षेत्रमा सहकारीनपर्ने उनको भनाइ थियो । ‘सहकारीसँग जोडिएको विषय सम्बन्धित समितिमा छलफल हुनुपर्‍यो । यहाँ छलफल हुने होइन,’ उनले भने, ‘आफ्नो रिस पोख्ने ठाउँ हो र यो ? सहकारीको छलफल हामीले गर्ने होइन । सम्बन्धित समितिले गर्ने हो ।’ उनले यति भनेपछि समिति सभापति रामहरि खतिवडाले गृहमन्त्रीबारे प्रश्न उठेकोले विषय प्रवेश भएको बताएका थिए ।

त्यसपछि पनि गुरुङले असन्तुष्टि भने जनाइरहे । ‘समितिको दायरा होला नि ! कार्यक्षेत्रबाहिर गएर जता पनि छलफल चलाउने हो र ?,’ उनले भने, ‘यहाँ सहकारीको छलफल गर्ने हो भन्ने मलाई लाग्दैन । सहकारी मन्त्रालय होला नि त । अर्थ मन्त्रीले गल्ती गरेको भए यहाँ छलफल गर्ने ? एजेण्डा तोकेर बैठक बोलाउने र त्यही विषयमा छलफल गर्नुपर्छ ।’ गुरुङले सरकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई कहाँ छन् ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका थिए ।

अन्तिममा सभापति खतिवडाले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । समिति बैठकमा कांग्रेसकै सांसद दिलेन्द्र बडूले सहकारी प्रकरणबारे कुरा उठाएका थिए । बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्‍याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
अहिलेसम्म एकजनालाई पिटेको पनि छैन, हत्याको त कुरै छोडिदिनुहोस् : अध्यक्ष प्रचण्ड
अहिलेसम्म एकजनालाई पिटेको पनि छैन, हत्याको त कुरै छोडिदिनुहोस् : अध्यक्ष प्रचण्ड
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
पाटेबाघको छालासहित एकजना पक्राउ
पाटेबाघको छालासहित एकजना पक्राउ
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो