कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २३, २०८२
|
|
४८ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

सारांश

  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
  • बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
  • नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् ।

 

२३ चैत, काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।

कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ । आइतबार डोलप्रसाद (डीपी) अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके ।नेकपा एमालेले रामबहादुर थापालाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरिसकेका छन् ।तर, प्रतिनिधिसभाको दोस्रो ठूलो दल एवम् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन ।प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।

कांग्रेस संसदीय दलको विधानको दफा ५ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा (१) र (२) अनुसार कांग्रेसमा दलको नेता चयन हुने गरेको छ ।उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ ।कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । निर्वाचनमा वर्तमान सभापति गगन थापालाई तत्कालीन सभापति शेरबहादुर देउवाले हराएका थिए ।अहिले कांग्रेस संसदीय दलमा थापा र देउवा पक्षका रहेका कारण दलको नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो