सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो

सारांश

  • विहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद परिसर सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका छन् ।
  • सांसद महाविर पुनले देश र जनताको हितलाई केन्द्रमा राखेर विशेषगरी विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न गुणस्तरीय शिक्षा प्रणाली आवश्यक रहेको बताए ।
  • उनले विद्यालय, प्राविधिक शिक्षालय तथा विश्वविद्यालयमा राम्रो शिक्षाको वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

१९ चैत,काठमाडौं ।

विहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद परिसर सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका छन् । सांसद महाविर पुनले देश र जनताको हितलाई केन्द्रमा राखेर विशेषगरी विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न गुणस्तरीय शिक्षा प्रणाली आवश्यक रहेको बताए । उनले विद्यालय, प्राविधिक शिक्षालय तथा विश्वविद्यालयमा राम्रो शिक्षाको वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

‘कसैको व्यक्तिगत फाइदाको लागि नभई देश र जनताको हितको लागि खासगरी विद्यार्थी भाइबहिनीको लागि, भावि सन्ततिको लागि राम्रो शिक्षा पाउन् भन्ने वातावरण स्कूलमा, प्राविधिक शिक्षालयमा र विश्व विद्यालयमा बनोस भन्ने हो,’ सांसद पुनले भने । उनले विज्ञान, प्रविधि र अनुसन्धानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अहिलेसम्मका सरकारले यस विषयलाई पर्याप्त ध्यान नदिएको टिप्पणी गरे । आगामी सरकारले भने यसलाई गम्भीरतापूर्वक सुन्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘विज्ञान प्रविधि, अनुसन्धान भन्ने विषय चाहीं सरकारले सुन्नैपर्छ । अहिलेसम्मको सरकारले सुनेन । अबको सरकारले यो पनि सुन्नुपर्यो । एउटा कानले सुनेर अर्को कानले उठाउन हुँदैन ।

यसैगरी, सांसद खगेन्द्र सुनारले संसदमा दलित समुदायप्रति गरिएको औपचारिक क्षमायाचनालाई ऐतिहासिक कदमको रूपमा लिएका छन् । उनले हजारौं वर्षदेखि विभेदमा परेका समुदायको सम्मान उच्च बनाउने प्रयासका रूपमा यसलाई लिँदै सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलगायत सरकारलाई विशेष धन्यवाद दिए । सांसद सुनारले भने, ‘आज पहिलोचोटी नेपालको संसदमा उभिएर सत्तारुण दल यो दुई तिहाई प्राप्त दलको सभापतिले सरकारको तर्फबाट राज्यको तर्फबाट संसदको टेबलमा उभिएर शिर झुकाएर दुई हात जोडेर हजारौं वर्षदेखि शिर झुकाएर बसेका समुदायको शिर उच्च राख्नको लागि जसरी माफी माग्नुभयो म व्यक्तिगत रुपमा खगेन्द्र सुनारको तर्फबाट सात लाख दलितको तर्फबाट साथै समाजमा अन्याय र उत्पीडनमा परेका सबै समुदायको तर्फबाट पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाहज्यू लगायत सरकारलाई हृदयदेखि नै धन्यबाद भन्छु ।

त्यस्तै, सांसद गणेश पराजुलीले पनि राज्यबाट उत्पीडन भोग्दै आएका दलित समुदायका लागि संसदबाट औपचारिक रूपमा क्षमा याचना गरिनु इतिहासमै अभूतपूर्व घटना भएको बताए । उनले सरकारबाट समेत दलित समुदायसँग औपचारिक क्षमायाचनाको कार्यक्रम तय भएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्रोच पार्टीका संस्थापन अभिजीत दीपके आफैं भोक हडतालमा
कक्रोच पार्टीका संस्थापन अभिजीत दीपके आफैं भोक हडतालमा
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
रवि लामिछानेको शपथ के हुन्छ ?
रवि लामिछानेको शपथ के हुन्छ ?
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी