कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना

सारांश

  • राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ ।
  • बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए ।
  • ‘मतदान सम्पन्न भएको छ ।

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए । ‘मतदान सम्पन्न भएको छ । मत पनि सतप्रतिसत खसेको छ,’ सहायक निर्वाचन अधिकृत रावलले अनलाइनखबरसँग भने, ‘अब दिउँसो ४ बजेबाट मतगणना हुन्छ । नतिजा पनि आज नै आउँछ ।’ उनका अनुसार ७९ वटा पालिका रहेको कर्णालीमा १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन् । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो ।

कर्णालीमा दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् । आज दिउँसो ४ बजेबाट मतगणना सुरु हुने र आज नै नतिजा आउँने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
३ लाख पुगेको सुनको भाउ आज घट्यो
३ लाख पुगेको सुनको भाउ आज घट्यो
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना