Press 4K
आइतबार, २८ भाद्र २०८३

प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् ।
  • बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् ।
  • चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ ।

६ चैत,सुर्खेत ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् । चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् । शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । शुक्रबार बिहान प्रधानमन्त्रीले पुजाआजा गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । ‘चनदननाथको पूजाआजासंगै प्रधानमन्त्रीको जुम्लाको कार्यतालिका सकिएको छ’ उनले भने, ‘चन्दननाथमा प्रधानमन्त्रीले नेपाली जनताको शान्तिको कामना गर्नुभएको छ ।’

बिहीबार बिहान काठमाडौबाट निस्किएकी प्रधानमन्त्रीले मुगुको रारा, जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरेकी छन् । कुनै औपचारिक कार्यक्रमविना प्रधानमन्त्री कर्णालीको भ्रमणमा निस्किएकी थिइन् । निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा कर्णाली पुग्न नसकेकोले निर्वाचनपछि कर्णालीमा पुगेर प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिन् । छलफलमा प्रधानमन्त्री कार्कीले सीमित स्रोत साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएकोमा सुरक्षा निकाय र कर्मचारीहरुको प्रशंसासमेत गरिन् । उनले भ्रमणका क्रममा भेटिएका स्थानीय नागरिकलाई समेत निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन गर्न साथ दिएको भन्दै सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद दिन कर्णाली भ्रमणमा निस्केकी थिइन् । उनले रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरिन् । मुगु र जुम्लाका सुरक्षा प्रमुखहरुसँग समेत छलफल गरिन् । निर्वाचनमा देखिएको सक्रियताको उच्च प्रसंसा गर्दै सुरक्षा निकाय, कर्मचारीहरु र मतदाताहरु प्रति धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...