Press 4K
बिहिबार, १४ श्रावण २०८३

१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो

सारांश

  • काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर ७ का १० वडाबाट दैनिक करिब ३.
  • १९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ ।
  • फोहरमैला सङ्कलन तथा ढुवानी निर्देशक समितिको अध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहरभित्र फोहर स्रोतमे वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन र फोहरको मात्रा घटाउने विषयमा छलफल गरिएको थियो ।

२ चैत, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर ७ का १० वडाबाट दैनिक करिब ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ । फोहरमैला सङ्कलन तथा ढुवानी निर्देशक समितिको अध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहरभित्र फोहर स्रोतमे वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन र फोहरको मात्रा घटाउने विषयमा छलफल गरिएको थियो । सोही क्रममा मटेरियल रिकभरी फ्यासिलिटीको अभ्यासबारे जानकारी गराइएको हो ।

यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ । छलफलमा क्षेत्र नम्बर ७ अन्तर्गत वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् । महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री व्यवस्थापनका लागि आफ्नो भौगोलिक क्षेत्रलाई ७ भागमा विभाजन गरी प्रतिस्पर्धामार्फत वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँ कर बाहेक आय ठेक्का लगाएको छ । क्षेत्र नम्बर ७ का लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइज कम्पनी छनोट भएको छ । उक्त कम्पनीसँग २०८१ फागुन २६ गते सम्झौता गरी मटेरियल रिकभरी फ्यासिलिटी सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रबाट मात्रै महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपैयाँ आय गर्ने अपेक्षा गरिएको छ । बैठकले सेवा प्रदायकको बोलपत्रको म्याद थप एक वर्षका लागि बढाउन सिफारिस गरेको छ । अन्य क्षेत्रका योजना भने कार्यान्वयनको चरणमा छन् । बैठकमा कार्यवाहक प्रमुख डंगोलले फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले रिभरकी फ्यासिलिटीको अभ्यासका विषयमा र इन्जिनियर रामप्रसाद नेपालले सेवा प्रदायकको कार्य सन्तुष्टि प्रतिवेदनका विषयमा जानकारी गराइन् । घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रा. ली. ले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपियाँमा ठेक्का कवोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा. ली. ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपियाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ । क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कवोल गरेको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ । यसरी कबोल गरिएको रकम कर बाहेकको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउँछौं : मन्त्री सिन्हा
व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउँछौं : मन्त्री सिन्हा
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...