एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् ।
  • बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे।
  • उनले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए।

 

३ पुस, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे।

उनले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए। उनले भने, ‘देशको अत्यन्तै असहज अवस्थामा नेकपा एमाले राजनीतिकमा फेरी राष्ट्रियताको झण्डा उठाएर, लोकतन्त्रको झण्डा उठाएर, शान्ती सुव्यवस्था, सुशाषन र विकासको झण्डा उठाएर फेरी संविधानलाई जो मिचिएको छ मिचिएको संविधानलाई फेरी सहि बाटोमा फर्काउने विघटन गरिएको असंवैधानिक ढङगले विघटन गरिएको प्रतिनिधि सभाको अभिलम्भ पूर्नस्थापनाको मागलाई लिएर यो देश राष्ट्रिय सार्वभौमिक सत्ता, यसको स्वाभिमान र देशको हितलाई तलमाथि पर्न दिने छैन भन्ने उद्घोषका साथ प्रदेश सभाको पूर्नस्थापनाको माग लिएर देश व्यापीरुपमा आन्दोलनमा उत्रियौं।’

त्यही आन्दोलनकै बीचमा ११औँ महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो महाधिवेशन ‘पुराना पार्टीहरू समाप्त भए’ भन्ने भाष्यको सशक्त जवाफ भएको बताए। ‘त्यही आन्दोलनकोबीचमा आफ्नो ११ औँ महाधिवेशन आयोजना गरेको छ । ११ औँ महाधिवेशनले पुराना पार्टीहरु रहेनन् भन्ने भाष्यलाई जवाफकोरुपमा यस महाधिवेशन रहेको छ । यो एउटा जवाफा हो नेकपा एमाले एउटा अजम्बरी पार्टी, सशक्त पार्टी हो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?