आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
११२ पटक हेरिएको
Shares
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?

सारांश

  • गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ।
  • पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) मा पेस गर्ने सिंहदरबारमा पेस गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
  •   ‘आज प्रधानमन्त्रीज्यूले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्नुहुन्छ’, सल्लाहकार रावलले भने, ‘यसपछि लगत्तै प्रतिवेदन  मन्त्रिपरिषद्‌मा पेस गरिनेछ र अध्ययन गरेर कार्यान्वयनमा लगिनेछ।

२४ फागुन, काठमाडौं ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) मा पेस गर्ने सिंहदरबारमा पेस गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।  ‘आज प्रधानमन्त्रीज्यूले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्नुहुन्छ’, सल्लाहकार रावलले भने, ‘यसपछि लगत्तै प्रतिवेदन  मन्त्रिपरिषद्‌मा पेस गरिनेछ र अध्ययन गरेर कार्यान्वयनमा लगिनेछ।’

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने बताइरहेकी छन्। जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि कार्की नेतृत्वकझो अन्तरिम सरकारले गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो। सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटकपटक समय थपेको थियो। तेस्रोपटक माघ २९ गते २५ दिन म्याद थप गरिएको थियो। आयोगले जाँचबुझको काम सके पनि निर्वाचन बिथोलिने डरले सरकारले नै चुनावपछिलाई धकेलेको थियो।  जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। जाँचबुझ आयोगले दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात
त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?