भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
२४८ पटक हेरिएको
Shares
भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

सारांश

  • अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ ।
  • विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।
  • जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

 

८ असोज, विराटनगर ।

अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

यो अवधिमा नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।विपद्को अवस्था आएमा सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकता अनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न विद्यालय प्रशासनलाई महानगरले आग्रह गरेको छ ।पोखरा महानगरपालिकाले पनि वर्षाबाट हुने जोखिमलाई मध्येनजर गर्दै विद्यालयमा २ दिन स्थानीय बिदा दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?