Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
१२२ पटक हेरिएको
Shares
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल

सारांश

  • काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्।
  • सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्।
  • आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ।

 

२६ माघ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्। सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्। आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’

उनले काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित सोच र योजना चरणदेखि नै विज्ञ तथा सरोकारवालासँग छलफल गर्न महानगरपालिका खुला रहेको स्पष्ट पारिन् । आइतबार विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख डंगोलले स्थानीय आवश्यकता र अवस्थाअनुसारको सार्वजनिक यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘हामी हाम्रै सन्दर्भका अध्ययनले दिएका तथ्यका आधारमा काम गर्छौँ।’ यसैदिन संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीसँग पनि भेटघाट भएको थियो। उक्त भेटमा परिषदले हालसम्म गरेको काम, तयार पारेका योजना तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। छलफलका क्रममा जीआईएस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ प्रणाली, एकीकृत एप्लिकेसन, तथ्य तथा तथ्याङ्क संकलन र रुट व्यवस्थापनलगायत विषयमा विचार–विमर्श भएको थियो।

यसअघि साझा यातायातका अधिकारीहरूसँग भएको छलफलमा पाटन अस्पतालदेखि विभिन्न प्रमुख अस्पतालहरू जोड्ने सेवा तथा कलंकीदेखि त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रीकालीन विद्युतीय बस सञ्चालनको सम्भावनाबारे पनि कुराकानी भएको थियो। छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, ट्राफिक विज्ञ जगतमान श्रेष्ठलगायत अधिकारीहरूले पृष्ठपोषण गरेका थिए। महानगरपालिकाले वातावरणमैत्री र यात्रुमैत्री सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसका लागि सूचना प्रविधिमा आधारित क्यासलेस एकीकृत यातायात प्रणाली, वास्तविक समयमा सूचना दिने प्रणाली, बस बिसौनी तथा सार्वजनिक शौचालय निर्माण, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति तथा साइकल यात्रीमैत्री सडक व्यवस्थापनलाई चुनौतीका रूपमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा