Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु

सारांश

  • जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ ।
  • बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ ।
  •  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

७ फागुन, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ ।

बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ । कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ ।

रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो । सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको आरोपमा एक युवक पक्राउ
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
चालू आवको दोस्रो मौद्रिक नीतिको समीक्षा हुँदै
चालू आवको दोस्रो मौद्रिक नीतिको समीक्षा हुँदै
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ह*त्याको आरोपमा एक जना पक्राउ
ह*त्याको आरोपमा एक जना पक्राउ
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने