ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।
  • जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
  • अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए।

८ माघ, झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए।

वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मनस्थिती, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् । कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदीका बारेमा कार्यकर्तालाई जानकारी गराउने छन् । अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, ७ र २ नं वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंशी लगायतको घरमा आगजनी गरिएको थियो । अध्यक्ष ओलीले दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरिसकेका छन् भने अब हरेक वडा कमिटीहरुले अध्यक्षसँग अलग अलग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु