सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
१२० पटक हेरिएको
Shares
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

सारांश

  • नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।
  • विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

 

२९ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो । उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ ।

जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो ।’ नेता शर्माले वर्तमान विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने उनको धारणा थियो । साथै, विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भएपनि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने उनले आग्रह गरे । पार्टीभित्र देखिएका सबै मतभेद संवाद र समझदारीबाट टुंग्याउनुपर्ने उल्लेख गर्दै सहमति भाँड्ने र उच्छृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई संयमित भएर पार्टी एकताका लागि एकजुट हुन आह्वान गरे ।

उनले भने, ‘वर्तमान विषम परस्थितिमा नेपाली कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समपर्ण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । साथै विशेष महाधिवेशन पक्षधरहरुले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भए पनि आमकार्यकर्ता र पार्टीहितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरु संवाद र समझदारीबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने, उछृङ्खल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ । त्यसैले सबै नेता र कार्यकर्ताहरुलाई संयमित रहेर एकतावद्ध हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय