सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

सारांश

  • क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ ।
  • आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो ।
  • संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए ।

 

काठमाडौं ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ । आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए । तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।

‘पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुन लागेको छ त्यसको निकासका लागि सरकारलाई ध्यानाकर्षण गराएका छौं, सरकारले हाम्र माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्ष गर्नेछौं’ तिमल्सिनाले भने । १३ दिन हिरासत बसेर भरखरै रिहा भएका संघका सचिवालय सदस्य शंकर शाहीले आफूलाई विनाकारण राज्यले पक्राउ गरेको भन्दै रोश व्यक्त गरे। शाहीले प्रहरी प्रशासन र म्यानपावर व्यवसायी संघको मिलेमतो रहेको आशंका गर्दै भने,‘मानव तस्कर, देशद्रोहीहरुको उक्साहटमा प्रहरी प्रशासनले मलाई अनावश्यक दुःख दियो, यसको भविष्यमा उनिहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ ‘मलाई सम्मानितसर्वोच्च अदालतले न्याय दिएकोमा कानुन व्यवसायी र अदालतप्रति आभार व्यक्त गर्दछु’,शाहीले भने । संघका सहसंयोजक दोर्ची शेर्पाले संगठनको ४३ बुँदे मागपत्र पढी सार्वजनिक गरेका थिएभने संघका युवा नेता सोम नगरकोटीले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी खेलकुद महासंघका केन्द्रीय संयोजक सूर्य भूजेल र क्रान्तिकारी उद्योग तथा वाणिज्य संघका केन्द्रीय संयोजक शिब धिमालको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ