राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा
२१ पुष, काठमाडौं ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिएकी हुन्। यसअघि डा. झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । ‘मन्त्रालयबाट जिम्मेवारी हेरफर भएको जानकारी प्राप्त भएको छ । भोलि गएर पत्र बुझ्नेछु’ डा. झाले भनिन् ।
कोशीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. राम नारायण चौधरीलाई दिइएको छ । उनी ११ औं तहका प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन हुन् । जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टलाई भने दरबन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा राखिएको मन्त्रालयले जनाएको छ । डा. झाले यसअघि पनि लामो समय प्रयोगशालाको निर्देशकका रुपमा काम गरेकी थिइन् ।
Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी





Post Comment